सेयर बजारमा उछाल, नेप्से परिसूचक ९०.६७ अंकले बढ्यो



काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा उछाल देखिएको छ । नेप्से परिसूचक ९०.६७ अंकले बढेर २५०६.२८ अंक पुगेको छ ।

यो दिन १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता सेयर ६ अर्ब ८ करोड ८१ लाख ४ हजार ३१७ रुपैयाँमा कारोबार भएको छ । जसमा १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने २ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै २ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज सुर्योदय लघुवित्त, लिवर्टी इनर्जी कम्पनी र चन्द्रागिरि हिल्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसका साथै किसान लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीभित्र परेका छन् । आज सोल्टी होटल र युनिलिभर नेपालको सेयर मूल्य घटेको छ ।

उपसमूहतर्फ ट्रेडिङको ७.१ प्रतिशतm लगानी समूह ५.२६ प्रतिशत, माइक्रोफाइनान्स ५.०६ प्रतिशत, हाइड्रोपावर कम्पनी ४.७८ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु