नेप्से परिसूचक ३९.२३ अंकले घट्यो, चन्द्रागिरि र एसटीसीको सेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । बुधबार नेप्से परिसूचक ३९.२३ अंकले घटेर २४१६ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.१२ अंकले घटेर ४३६.८० अंकमा पुगेको छ ।

यो दिन २१२ कम्पनीको सेयर ६३ हजार ६७४ पटक करोबार भएको छ । जसमा १ करोड १३ लाख ९२ हजार १३५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २५ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।

आजको कारोबारमा उपसमूहतर्फ व्यापारमा ३०६.५४ अंक, होटल र पर्यटनमा ३५.१७ अंकले बढेको छ ।

त्यसैगरी बैंक १७.३, विकास बैंक ३२.६८, जलविद्युत २०.३२, वित्तीय १२.३२, नन् लाइफ इन्स्योरेन्स १६७.८८, उत्पादन मूलक ८७.५८, अन्य ८४.३५, माइक्रोफाइनान्स ५६.४३, लाइफ इन्स्योरेन्स ४५२.५३ र सामूहिक लगानी कोष ०.१३ अंकले घटेको छ ।

आज सबैभन्दा बढी कमाउने कम्पनीमा चन्द्रागिरि हिल्स र साल्ट ट्रेडिङ कर्पोरेसन छन् । यी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी एशियन लाइफ इन्स्योेरेन्स ६.३६ र बरुण हाइड्रोको सेयर मूल्य ६.०६ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु