क्यूआर कोड स्क्यानका लागि एउटै एप प्रयोग गरे पुग्ने, नेपाल क्यूआर कोड मार्गदर्शन लागू



काठमाडौं । अब प्रयोगकर्ताले क्यूआर कोड स्यानका लागि धेरै वटा एप प्रयोग गर्न नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सबै प्रकारका भुक्तानी सेवा प्रदायक सञ्चालक र कम्पनीको सेवालाई अन्तरआवद्धता गराइ एकै ठाउँबाट भुक्तानी गर्न मिल्ने व्यवस्था ल्याएको हो ।

जसका लागि नेपाल राष्ट्र बैंकले क्विक रेस्पोन्स क्यूआर कोड ९नेपाल क्यूआर कोड० मार्गदर्शन जारी गरेको छ ।

यससँगै अब धेरै वटा बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रदायक संघ संस्थाको मोबाइल बैंकिङ एप तथा वालेट एप डाउनलोड गर्नुपर्ने झन्झट हट्नेछ । हालसम्म सञ्चालनमा रहेका सबै भुक्तानी प्रदायक सञ्चालन र सेवा प्रदायक कम्पनीलाई राष्ट्र बैंकले नेपाल क्यूआर सिस्टम आवद्ध गराएसँगै सो सम्भव भएको हो ।

मार्गदर्शन जारी भएसँगै अन्तरसञ्जाल क्यूआर भूक्तानी हुने राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेँलले बताए ।

‘अहिलेसम्म क्यूआर स्क्यान नेटवर्कमा आवद्ध कम्पनीको अर्को नेटवर्कको क्यूआर स्क्यान गर्न मिल्दैन थियो,’ उनले क्लिकमाण्डूसँग भने, ‘नेपाल क्यूआर कोड फेमवर्क र गाइडलाइन्स अनुसार अब सबै नेटवर्कका क्यूआरको अन्तर आवद्धतता गराइएको छ ।’

नेपाल क्यूआर कोड फेमवर्क र गाइडलाइन्स अनुसार नै सबै भुक्तानी प्रदायक संघ संस्थाहरु नेपाल क्यूआर कोड प्रणालीमा आवद्ध भएर कारोबार गर्नुपर्ने उनले बताए । क्यूआर कोड भुक्तानी सेवालाई सुदृढिकराण तथा नियमन गर्न नेपाल क्युआर कोड स्ट्याण्डराइजेसन फ्रेमवर्क र गाइडलाइन लागू गरिएको उनको भनाइ छ ।

‘अहिलेसम्म सबै भुक्तानी प्रदायक संघ संस्थाहरु नेपाल क्यूआर कोड फेमवर्क र गाइडलाइन्स अनुसार तयार भइसकेको जानकारी दिएका छन्,’ उनले थपे, ‘यसमा केही द्वविधा भएमा वा गुनासो आएमा सहजिकरणका लागि थप निर्देशन जारी गरिन्छ । तर, मुख्यतय जारी मार्गदर्शनमा भएमा मापदण्डअनुसार नै नेपाल क्युआर सिस्टम सञ्चालन हुन्छ ।’

नेपाल क्युआर कोडमा आवद्ध भएर भुक्तानी प्रदायक संघ संस्थाले ग्राहकलाई पहिलो चरणमा निःशुल्क सेवा दिनुपर्ने राष्ट्र बैंकको निर्देशन छ । तर २÷३ वर्षपछि खर्चको आधारमा शुल्क निर्धारण गर्नुपर्ने भएमा राष्ट्र बैंकले सोही अनुसारको मापदण्ड बनाएर शुल्क निर्धारण गर्न अनुमति दिने उनले बताए । हाल एउटै नेटवर्कद्वारा सञ्चालित छुट्टाछुट्टै कम्पनीको क्यूआर कोड स्क्यानमार्फत् भुक्तानी गर्दा २० रुपैयाँदेखि ३० रुपैयाँसम्म शुल्क लाग्छ ।

कसरी हुन्छ अन्तर कम्पनी क्युआर कोड भुक्तानी ?
राष्ट्र बैंकबाट हालसम्म ९ वटा भुक्तानी प्रणाली सञ्चालक अर्थात् क्यूआर नेटवर्कले सञ्चालनको लागि अनुमति लिएका छन् । तर हालसम्म फोन पे, स्र्माट क्यूआर ९एसटीसी० र फस्ट पे गरी ३ वटा क्यूआर स्क्यान नेटवर्क सञ्चालनमा छन् । जसमा विभिन्न बैंक तथा वित्तीय संस्था भुक्तानी प्रदायक कम्पनीहरुले आपसी सम्झौता गरी क्यूआर कोड स्क्यान सेवा आफ्ना ग्राहकलाई दिइरहेका छन् ।

साथै, राष्ट्र बैंकबाट १८ वटा भुक्तानी सेवा प्रदायक अर्थात् वालेट कम्पनीहरुले सञ्चालनको अनुमति लिएका छन् । यी कम्पनीहरुले पनि आ-आफ्नै क्यूआर कोड स्क्यान सेवा सञ्चालनमा गरेका छन् ।

जसमा आइएमई डिजिटल सोलुसनको आइएमई पे, इ–सेवा फोन पे कम्पनीकोे इ–सेवा, सीजी पे नेपालको सिजी पे, स्प्यारो पे कम्पनीको खल्ती, प्रभु टेक्नोलोजीको प्रभु पे, स्मार्ट कार्ड नेपालको स्मार्ट कार्डलगायत हुन् ।

राष्ट्र बैंकको ‘नेपाल क्यूआर’ मापदण्डमा सबै भुक्तानी प्रदायक सञ्चालक र कम्पनी सबै एउटै नेटवर्कमा आवद्ध हुनेछन् । यसका लागि यी संघ संस्थाले आफ्नो सिस्टमलाई नेपाल क्युआर कोडको मापदण्डमा तोकिए बमोजिम बनाउनेछन् ।

सो पश्चात ग्राहकले कुनै एक बैंकको मोबाइल एप वा कुनै एक कम्पनीको वालेट एपबाट सञ्चालनमा रहेका सबै कम्पनीको क्युआर कोड स्क्यान गरी भुक्तानी लिन र दिनका साथै फण्ड ट्रान्सफर समेत गर्न सक्नेछन् ।

हाल विभिन्न बैंक तथा वित्त कम्पनीले भुक्तानी प्रदायकसँग समन्वय गरी क्युआर कोड भुक्तानी सेवा विभिन्न स्थानमा सञ्चालन गरिरहेका छन् । नेपाल क्युआरका ब्राण्डिङका लागि केही समयपछि त्यस्ता क्युआर स्क्यानको बोर्ड परिवर्तन गरिने कार्यकारी निर्देशक कडेँलले बताए ।

नेपाल क्यूआर कोडको मापदण्डअनुसार कम्पनीहरुले आफ्नो भुक्तानी प्रणालीको विकास गरेपछि क्यूआर एपको सुरक्षा तथा सेक्यूरिटी अडिट, ग्राहकहरुको गुनासो सुन्नसक्ने व्यवस्था हुनेछ । नेपाल क्यूआरमा आवद्ध कम्पनीबीचको कारोबारमा समेत पारर्दशिता आउने राष्ट्र बैंकको विश्वास छ ।


क्लिकमान्डु