१ अर्बको सनराइज ब्लूचिप फण्ड चैत १ गतेदेखि, कति गर्ने लगानी ?



काठमाडौं । सामूहिक लगानी योजना अन्तर्गत सनराइज ब्लूचिप फण्ड चैत १ गतेदेखि निष्कासन हुने भएको छ । कम्पनीले १ अर्ब रुपैयाँको फण्ड निष्कासन गर्न लागेको हो ।

सनराइज बैंक कोषको प्रबद्र्धक र सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको फण्डमा प्रति इकाइ १० रुपैयाँका दरले १० करोड रुपैयाँ बराबरको निष्कासन गरेको हो ।

कुल निष्कासिन कुल इकाइमध्ये कोष प्रबद्र्धक सनराइज बैंकलाई १ करोड ५० लाख इकाइ वा बिक्री भएको इकाइको १५ प्रतिशत सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाइका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

फण्डको इकाइमा इच्छुक लगानीकर्ताले छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सक्नेछन् । फण्डमा न्यूनतम १०० इकाइ र बढीमा १ करोड इकाइसम्म आवेदन दिन सकिनेछ ।


क्लिकमान्डु