ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ शुक्रबारदेखि



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबारदेखि आइपीओ निष्कासन गर्ने भएको छ । यसअघि फागुन २३ गते आइपीओ निष्कासन गर्ने भनिए पनि कम्पनीले त्यसको २ दिन अगाडि फागुन २१ गतेदेखि नै आइपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले प्रति सेयर १ सय रुपैयाँका दरले ६६ लाख कित्ता सेयर निष्कासन गर्दैछ । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३ हजार कित्ता सेयर साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको र ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहने ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

आइपीओमा छिटोमा फागनु २६ गते र ढिलोमा चैत ६ गतेसम्म आवेदन दिन पाइनेछ ।


क्लिकमान्डु