नेप्से ४० अंकले बढ्यो, सबैभन्दा बढी कमाउनेमा चन्द्रागिरि हिल्स



काठमाडौं । साताको पहिलो दिन घटेको सेयर बजार दास्रो दिन सोमबार ४० अंकले बढेर नेप्से परिसूचक २५१५.०३ अंकमा पुगेको छ । यो दिन १६३ कम्पनीका लगानीकर्ताले कमाए भने जम्मा ४ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।

सेयर बजार बढे पनि कारोबार रकम बढेको छैन । आज १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता सेयर ५ अर्ब ६९ करोड २३ लाख १६ हजार ८३१ रुपैयाँमा किनबेच भएको छ ।

आज सबैभन्दा बढी कमाउने शीर्ष १० कम्पनीमा चन्द्रागिरि हिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स र आशा लघुवित्त छन् ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा खानीखोला हाइड्रो, माहुली सामूदायिक वित्तीय संस्था, पञ्चकन्या माइ छन् ।


क्लिकमान्डु