कल निक्षेपको सीमा बढ्यो, विदेशी मुद्राको कल निक्षेपको सीमा हट्यो



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लिने कल निक्षेप सीमा बढेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन २०७७ मा संशोधन/परिमार्जन थप गरी स्वदेशी मुद्रामा मात्र कल निक्षेपको सीमा लागू हुने व्यवस्था गरेको छ ।

सो व्यवस्था अनुसार यसअघि तोकिएको कल निक्षेपको सीमा स्वदेशी मुद्राको कल निक्षेपमा मात्र लागू हुनेछ ।

राष्ट्र बैंकका अनुसार इजाजतपत्रप्राप्त वाणिज्य बैंकले स्वीकार गर्ने स्वदेशी मुद्राको कल निक्षेपको अंश कुल स्वदेशीे निक्षेप दायित्वको १० प्रतिशत लिन पाउने छन् । विकास बैंक र वित्त कम्पनीले स्वीकार गर्ने कल निक्षेपको अंश कुल निक्षेप दायित्वको १५ प्रतिशतभन्दा बढी कायम गर्न पाइने छैनन् ।

सो व्यवस्था अनुसार अब बैंक तथा वित्त कम्पनीले विदेशी मुद्रामा जतिपनि कल निक्षेप स्वीकार गर्न पाउने राष्ट्र नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । उनका अनुसार सो व्यवस्थाका कारण अब बैंकहरुमा कल निक्षेपको हिस्सा बढ्नेछ ।


क्लिकमान्डु