ऋण तिर्न एनबी ग्रुपले बेच्यो एनसीसी बैंकको ५० करोड रुपैयाँ बराबरको सेयर



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंकमा रहेको सेयर एनबी समुहले बिक्री गरेको छ ।

एनबी समुहले आफ्नो नाममा रहेको २५ लाख कित्ता संस्थापक सेयर बिक्री गरेको हो । करिब ५० करोड जतिमा एनसीसी बैंकमा रहेको सेयर बिक्री भएको हो ।

एनबी समुहले ऋण तिर्नको लागि एनसीसी बैंकमा आफ्नो नाममा रहेको सेयर लिलाम बढाबढ प्रक्रिया अनुसार बिक्री गरिएको थियो ।

जसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल थियो । सनराइज क्यापिटलले एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक सेयर बिक्रीको लागि फागुन २ देखि ९ गतेसम्म बिक्री आह्वान गरेको थियो ।

मूल्य बढाबढ प्रक्रिया अनुसार न्यूनतम १४१ रुपयाँ ५० पैसा देखि लिएर ३१५ रुपैयाँ ५० पैसासम्म बोली लगाउने आवेदकले एनसीसी बैंकको संस्थापक सेयर पाएका छन् ।
सनराइज क्यापिटलका अनुसार ३१५ रुपैयाँ ५० पैसा देखि १४२ रुपैयाँसम्म आवेदन माग गरेका १०४ जना आवेदकले माग अनुसार नै सेयर पाएका छन् । १४१ रुपैयाँ ५० पैसामा आवेदन माग गर्नेले आंशिक सेयर पाएका छन् ।

संस्थापक सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता सेयर खरिद गर्नुपर्ने थियो । न्यूनतम १०० रुपैयाँ राखेर बढाबढ प्रक्रियामा सेयर बिक्री गरिएको थियो ।
एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक सेयर बिक्री गरेपछि एनसीसी बैंकमा एनबी समुहको लगानी हिस्सा झनै घटेको छ ।

कुनै समय बैंक तथा वित्तीय संस्था तथा व्यापारमा लगानी गरेको एनबी ग्रुप संस्थागत शुसासन विपरित काम गर्दै भएपछि समस्यामा पर्दै गएको हो । ऋण लिने तथा लामो समयसम्म नतिर्ने र अदालतमा गए स्टे ल्याउनेमा एनबी ग्रुप चर्चित छ ।

अहिले एनसीसी बैंकको संस्थापक सेयर बेचेपछि एनबी समुहले बैंकको ऋण तिर्ने छ । नबिल बैंकमा एनबी ग्रुपको ठूलो रकम तिर्न बाँकी रहेको छ ।

बीमा कम्पनी तथा व्यक्तिगत आवेदन एनसीसीको सेयर किन्नको लागि परेको थियो । सेयर बीमा कम्पनी तथा विभिन्न व्यक्तिले किनेका छन् ।


क्लिकमान्डु