ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ फागुन २३ गतेदेखि



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि साधारण सेयर (आइपीओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्मका लागि बिक्री खुल्ला गर्ने भएको हो ।

गत फागुन ७ गते नेपाल धितोपत्र बोर्डबाट कम्पनीले आइपीओ निष्कासनको स्वीकृति पाएको थियो । प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गरिने कुल आइपीओमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता कम्पनीका कर्मचारीको लागिसुरक्षित गरिएको छ ।

साथै, अर्को ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ता आइपीओ सर्वसाधारणको लागि छुट्याइएको कम्पनीले उल्लेख गरेको छ ।

आइपीओ खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । जसमा आवेदन दिनका लागि सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरबाट समेत आवेदन दिन सकिनेछ ।

कम्पनीको आइपीओ बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ ।


क्लिकमान्डु