महिला लघुवित्तको आइपीओ बाँडफाँट, यी ३ ठाउँबाट हेर्न सकिन्छ नतिजा



काठमाडौं । महिला लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । शुक्रबार विहान आइपीओ बाँडफाँट गरिएको हो ।

कुल आवेदक १५ लाख ४० हजार ३५ जनामध्ये ३ हजार ३५३ वटा आवेदन अयोग्य भएका थिए भने १५ लाख ३६ हजार ६८२ वटा आवेदन मात्रै योग्य ठहर गरिएको थियो ।

जसमध्ये ३७ हजार ५०० जनाले आइपीओ बाँडफाँटमा १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

सीडीएससीका अनुसार आइपीओको नतिजा विगतमा जस्तो सबै खाले सञ्चारमाध्यमबाट हेर्न पाइने छैन् । आइपीओ तीन वटा वेवसाइटबाट मात्रै हेर्न पाइने भएको छ । जसमध्ये मेरो सेयरको वेवसाइट, सम्बन्धित बिक्री प्रबन्धक र सम्बन्धित कम्पनीको वेवसाइटबाट मात्रै हेर्न पाइनेछ ।


क्लिकमान्डु