प्रि-ओपनमा २३.६३ अंकले बढ्यो बजार, निफ्रा र चन्द्रागिरि हिल्सको सेयर मूल्य घट्यो



काठमाडौं । बिहीबारको प्रि–ओपन सेसनमा २३.६३ अंकले बढेर २६२२.७१ अंक पुगेको छ । प्रि–ओपनमा ४६ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा ३३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

बुधबार प्राविधिक समस्याका कारण केही समय कारोबार नै बन्द भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक र चन्द्रागिरि हिल्सको सेयर प्रि–ओपन सेसनमा घटेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर १२ रुपैयाँले घटेर ५५० कायम भएको छ भने चन्द्रागिरि हिल्सको सेयर मूल्य ६ रुपैयाँले घटेर ३३७ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु