सर्वाेत्तम सिमेन्टले बढायो उत्पादन क्षमता, प्रतिदिन ६० हजार बोरा



काठमाडौं । नवलपरासीमा अवस्थित सिमेन्ट सर्वोत्तम समेन्टले आप्mनो सिमेन्ट उद्योेगको उत्पादन क्षमता ४० हजार बोरा प्रतिदिनबाट बढाई ६० हजार बोरा बनाएको छ । देशकै सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएकाले अबका दिनमा प्रतिदिन २० हजार बोरा बढी उत्पादन क्षमता बढाएको हो ।

कम्पनीले सिमेन्ट उत्पादन अभैm बृहत भएपछि सिमेन्ट उपभोक्ताहरु माझ गुणस्तरीय तथा अत्याधुनिक प्रविधिबाट उत्पादित सिमेन्टको पहुँच सरल तथा सुलभ बन्ने कम्पनीको विश्वास छ ।

कम्पनीले स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ ।

सर्वाेत्तम सिमेन्ट देशका महत्वपूर्ण आधार स्तम्भहरु, ठूला–ठूला परियोजनाहरु तथा गौरवशाली आयोजनाहरु लगायत विशाल पूल, बाँध, हाइड्रोपावर, धावनमार्ग देखि हाउजिङ्ग कम्पनीहरुमा समेत पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको कम्पनीले जनाएको छ ।

कम्पनीले अब सफलताको अर्काे फड्को पार गर्दै उत्पादन क्षमता बढाएको हो । जससँगै कम्पनी र उपभोक्तबीचको सम्बन्धअभैm बलियोे हुँदै जाने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भिआरएम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइएसओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वाेत्तम ओपिसि र सौरभ ग्रिन पिपिसि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको बताए । यस उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० सेमि स्क्वायरसम्म रहेको छ ।


क्लिकमान्डु