सेयर बजारमा बुलिस ट्रेण्ड आउन बाँकी, अहिलेको करेक्सनमात्रैः निर्मल प्रधानको टिप्पणी



नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा बुल आउन बाँकी नै छ ।

मंगलबार परिसूचक घट्नुलाई करेक्सनको रुपमा लिनुपर्छ । नेप्से परिसूचक घट्यो भनेर अहिले आत्तिनुपर्ने अवस्था छैन, राजनीतिक अन्यौलताले केही दिन करेक्सन अझै आउने देखिन्छ ।

केही अंकको करेक्सन देखिएपनि सेयर बजार पुन बढ्ने भन्दै लगानीकर्ता आत्तिनुपर्ने अवस्था नभएको छैन ।

सेयर बजारमा बुल सकिएको छैन, केही दिनको सुधारपछि पुनः बढ्ने छ । सेयर बजारमा लाग्ने लगानीकर्तालाई यो बढ्ने मात्र नभएर घट्ने पनि बजार भएको सन्देश दिएको छ ।

मंगलबार नै पनि नेप्से परिसूचक २५२० बिन्दुसम्म पुगेर फर्किएको छ । यसको अर्थ करेक्सन हुन खोजेको हो । सेयर बढ्ने मात्र हुँदैन बीचमा घट्दै बुलमा जाने हो । त्यो आउन अझै बाँकी नै छ ।

प्रतिनिधिसभाको बिघटन विरुद्दमा सर्बोच्चमा परेको मुद्दाको फैसला विभिन्न अनुमानको प्रभाव समेत सेयर बजारमा परेको हो ।

सर्बोच्चको फैसलाको आधारमा हुने राजनीतिक प्रभाव बाहेक अन्य विषय अहिले केही परिवर्तन भएको छैन । त्यो हुँदा सेयर बजार अझै बुलिस ट्रेण्डमा जाने छ ।

मंगलबार नै ८ अर्ब ५६ करोडको कारोबार भएको छ । त्यसको अर्थ सेयर बजारमा खरिदकर्ता अझै भएको देखिन्छ । त्यो हुँदा केही दिन घट्यो भन्दैमा आत्तिनुपर्ने अवस्था छैन ।


क्लिकमान्डु