सूचिकरणपछि नेपाल इन्फ्रास्ट्रक्चरको पहिलो बुल रेस सकियो, २० मिनेटमा पोजेटिभ र नेगेटिभ सर्किट



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को शेयर मूल्य २० मिनेटमै सकारात्मक सर्किटबाट नकारात्मक सर्किटमा गएको छ ।

कारोबार शुरु भएको केहि मिनेटमै सकारात्मक सर्किटमा रहेको निफ्राको सयेर कारोबार शुरु भएको २० मिनेटमै नकारात्मक सर्किटमा गएको छ । अघिल्लो आइतबारबाट निफ्राको शेयर कारोबार भएको थियो । पहिलो कारोबार ३४० बाट भएको थियो । पहिलो दिनदेखि नै निफ्राको शेयर मूल्य लगातार सर्किट लागिरहेको थियो ।

मंगलरबार पनि केहि मिनेटसम्म निफ्राको सेयर सकारात्मक सर्किट लागेको थियो । तर पुन नकारात्मक सर्किट लागेको छ । सोमबार निफ्राको प्रति शेयर ६६० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि केहि मिनेटमा सकारात्मक सर्किट लागेर ७२६ रुपैयाँ प्रति सेयर पुगेको थियो । अहिले पुन नकारात्मक सर्किट लागेर ५९४ रुपैयाँमा झरेको छ ।

निफ्राको शेयर चार लाखभन्दा धेरै कित्ता बिक्रीमा रहेको छ । खरिदकर्ता भने छैनन्  ।


क्लिकमान्डु