कोरोना प्रभावित ऊर्जा उद्यमीलाई राहत दिन पहल



काठमाडौं । सरकारले ऊर्जा उद्यमिको मागलाई सम्बोधन गर्ने प्रयास गरेको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपालले कोरोनाका कारण ऊर्जा क्षेत्रमा परेको प्रभावका बारेमा सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै आएको थियो ।

सोही आधारमा गत वैशाख १६ गते इपानले ऊर्जा मन्त्रालयमा निवेदन दिएको थियो । दिएको निवेदनका आधारमा विद्युत उत्पादन, प्रसारण र वितरणको क्षेत्रमा देखिएको समस्या समााधनका लागि प्रयास गरिएको थियो ।

ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले यही फागुन २ गते सहुलियत तथा सुविधा दिने मन्त्रिस्तरीय निर्णय गरेका छन् । त्यसका लागि यसअघि गठित समितिको प्रतिवेदन तथा सम्बन्धित निकायलाई कार्यान्वयनका लागि पत्राचार गरिएको छ ।

कोभिड–१९ को कारणले पारेको प्रभाव अध्ययन गरी निराकरणका लागि सम्भावित उपायसहितको प्रतिवेदन पेश गर्न एक कार्यदल गठन गरिएको छ । त्यसका लागि विकास सहायता तथा प्रादेशिक महाशाखा प्रमुखको संयोजकत्वमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पहल गरेको हो ।

गत भदौ २२ को मन्त्रिस्तरीय निर्णय अनुसार अध्ययन समिति गठन गरिएको थियो । समितिको प्रतिवेदनका आधारमा विद्युत विकासको समग्र क्षेत्रमा कोभिड–१९ ले पारेका समस्याको अध्ययन गरिएको थियो ।

इपानले राहतका लागि सम्बन्धित निकायलाई ऊर्जा मन्त्रालयले कार्यान्वयनका लागि लेखिएका पत्रको आधारमा आफ्नो आयोजनाको काम अगाडि बढाउन आग्रह गरेको छ ।


क्लिकमान्डु