१० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाले विशेष पुनरकर्जा सुविधा पाउने



काठमाडौं । १० मेगावाट भन्दा कम क्षमताका जलविद्युत् आयोजनाले विशेष पुनरकर्जा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षा गर्दै आइतबार यस्तो घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले १० मेगावाट सम्मका जलविद्युत् आयोजनालाई विशेष पुनर्कर्जामा पहुँच पुर्‍याइने जानकारी दिए ।

साना जलविद्युत् आयोजनाले पुनरकर्जा नपाएको तथा कतिपय आयोजना समस्यामा समेत परेका थिए । यसले साना जलविद्युत् आयोजनालाई विशेष सहुलियत दिने देपिखएको छ ।


क्लिकमान्डु