शिखर इन्स्योरेन्सको खुद नाफा ११.७३ प्रतिशतले वृद्धि



काठमाडौं । शिखर इन्स्योरेन्सको खुद नाफा ११.७३ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म २१ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालु आवको सोही अवधिमा २ करोड ५३ लाख रुपैयाँले वृद्धि गरी २४ करोड १४ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो अवधिमा व्यवसायको आकार २.६० प्रतिशतले बढाएको छ । गत आवको पुस ७२ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको कम्पनीले चालु आवको सोही अवधिमा १ करोड ८९ रुपैयाँले बीमा शुल्क बढाएर ७४ करोड ४२ लाख रुपैयाँ पुर्याएको छ ।

सो अवधिमा कम्पनीले २८ करोड ४५ लाख रुपैयाँ पुनरबीमा कमिशन आर्जन गरेको छ भने र कर्जा लगानीबाट ११ करोड ४१ लाख रुपैयाँ आर्जन गरेको छ ।

चालु आवको पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ३९ करोड रुपैयाँ, जगेडा कोषमा ९४ करोड ७ लाख रुपैयाँ, बीमा कोषको आकार १ अर्ब १७ करोड ८० लाख रुपैयाँ र महाविपत्ती कोष ९ करोड ९४ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा कम्पनीले ३७ करोड १५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । सो अवधिमा कम्पनीले १ अर्ब ८५ लाख रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३५ रुपैयाँ १३ पैसा, प्रतिसेयर नेटवर्थ २ सय ६७ रुपैयाँ ९७ पैसा र मूल्य आम्दानी अनुपात ५२.४७ गुणा रहेको छ ।


क्लिकमान्डु