सोल्टी होटलको आम्दानी दोस्रो त्रैमासमा ७९.३२ प्रतिशतले घट्यो, साढे ११ करोड घाटामा



काठमाडौं । सोल्टी होटलको आम्दानी चालु आवको दोस्रो त्रैमासमा ७९.३२ प्रतिशतले ह्रास आएको छ । सोल्टी होटलका अनुसार कोरोना महामारीका कारण नियमित हवाई उडान नहुनु, विदेशी पर्यटक आगमनमा कमी आउनु, कोरोनाका कारण सभा सम्मेलन तथा सेमिनारहरु नहुनुलाई कारक मानेको छ ।

होटलले गत आवको दोस्रो त्रैमाससम्ममा ८२ करोड ११ लाख ७० हजार ४६७ रुपैयाँ आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा जम्मा १९ करोड ९८ लाख ४६ हजार २८९ रुपैयाँ आम्दानी गरेको छ ।

यसबीचमा होटलले चालु आवको दोस्रो त्रैमासमा ११ करोड ५१ लाख ४१ हजार ७९२ रुपैयाँ घाटामा छ । कुल चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँ छ ।

होटलले हाल न्यूनतम खर्चमा सम्पूर्ण गतिविधिहरु सञ्चालनमा राख्दै खर्च घटाउनका लागि अपनाउनु पर्ने सबै व्यवसायिक रणनीति अपनाएको उल्लेख गरेको छ । होटलले कर्मचारी तथा सोसँग सम्बन्धित खर्चहरु अनावश्यक खर्चहरु कटौती गरिरहेको उल्लेख गरेको छ ।


क्लिकमान्डु