नेपाल लाइफ इन्स्योरेन्सको सीइओमा प्रसाईं
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सीइओमा सन्तोष प्रसाईं नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले कार्यबाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईंलाई प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको हो ।
कार्यकारी अधिकृतमा नियुक्ती स्वीकृतिका लागि बीमा समितिमा पठाइनेछ । प्रसाईं गत साउन १ गतेदेखि कार्यबाहक सीइओ भएका थिए ।