विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रमान शाक्य



काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रमान शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निमित्त कार्यकारी निर्देशक शाक्यलाई नै कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यसअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी शाक्यलाई दिइएको थियो ।


क्लिकमान्डु