माउन्टेन इनर्जीको नाफामा सामान्य वृद्धि



काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको नाफामा सामान्य वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमाससम्ममा ५ करोड ४ लाख ९५ हजार नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा ५ करोड १४ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ ।

हाल ५ मेगावाटको तादी खोल (थाप्रेक) जलविद्युत् आयोजना २०६९ चैत १४ गतेदेखि सञ्चालन गरिरहेको कम्पनीले केही समयभित्रै ४२ मेगावाट विद्युत् क्षमताको मिस्त्री खोला जलविद्युतबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जडान गर्दैछ । कम्पनीले मिस्त्री खोला–२ आयोजनाका लागि समेत काम गरिरहेको छ ।

कम्पनीको चुक्तापुँजी १९ करोड ६८ लाख २७ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसयर आम्दानी २.८५ छ भने प्रतिसेयर नेटवर्थ १३७.०४ छ । त्यसैगरी पीइ रेसिया १३४.९७ र करेन्ट रेसिया ७.६२ छ ।


क्लिकमान्डु