एनएमबि बैंकले ल्यायो भ्यालेनटाइनको अवसरमा विशेष अफर



काठमाडौं । एनएमबि बैंकले भ्यालेनटाइन सप्ताहको अवसरमा विशेष अफर ल्याएको छ । बैंकले आफ्नो भिजा कार्डहरु प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान सुलभ किस्तादरमा खरिद गर्नुको साथै छुटको अफर ल्याएको हो ।

यसका लागि बैंकले विभिन्न रेष्टुराँ, केक सपमा कुनै सामान खरिद गर्दा १० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ ।

बैंकले विभिन्न अवसरमा यस्ता आकर्षक अफरहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । बैंकले १८० वटा शाखा, १३६ वटा एटीएम, ९ वटा एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु