बैंक अफ काठमाण्डूका ग्राहकलाई डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसमा १०% छुट



काठमाडौं । बैंक अफ काठमाण्डू र डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसबीच सेवा सुविधामा छुट सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता पछि बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा डेल्वामा १०% छुट ग्राहकले पाउने भएका छन् ।

डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंकले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


क्लिकमान्डु