प्रुडेन्सियल इन्स्योरेन्सले ८.४२ प्रतिशत लाभांश दिने



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको सञ्चालक समितिको माघ २५ गते बसेको बैठकले हाल कायम रहेको चुक्तापुँजी १ अर्ब २६ करोड ४३ लाख २ हजार रुपैयाँको ८ प्रतिशत अर्थात् ८ करोड २१ लाख १४ हजार ५६० रुपैयाँ बराबरको बोनस सेयर र ०.४२ प्रतिशत अर्थात् ४३ लाख २१ हजार ८१८ रुपैयाँ ९५ पैसा बराबरको कर प्रयोजनका लागि नगद लभांश दिने भएको हो ।

उक्त लाभांश नियामक निकायबाट स्वीकृत तथा वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।


क्लिकमान्डु