सिटिजन लाइफ इन्स्योरेन्सको नाफा १० प्रतिशतले बढ्यो



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको पुस मसान्त १० करोड रुपैयाँ खुद नाफा गरेकोमा चालु आवको सोही अवधिमा ११ करोड १ लाख रुपैयाँ पुर्याएको छ ।

सो अवधिमा कम्पनीले बीमा शुल्क संकलन ७३ प्रतिशतले वृद्धि गरेको छ । गत वर्षको पुस मसान्तसम्ममा कुल ८० करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा चालु आवको सोही अवधिमा १ अर्व ४० करोड २१ लाख बीमा शुल्क संकलन पुर्याउको हो ।

कम्पनीले गत आवको पौस मसान्तमा जीवन बीमा कोष १ अर्व ४ करोड ४० लाख रहेकोमा यस चालु आवको सोही अवधिमा २ अर्व ३९ करोड ८१ लाख रुपेयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषमा १ सय ३० प्रतिशतको वृद्धि गराउन सफल भएको हो ।

यसैगरी कम्पनीले जगेडा तथा कोषको आकार पनि ४२ करोड १ लाखबाट ७१ प्रतिशतले बढाएर ७२ करोड ८० लाख रुपैयाँ पुर्याउको छ । साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ५४ प्रतिशतको वृद्धि गरी १५ करोड ४ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीले डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना वढाउन विद्यार्थीसंग बीमा लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितका विभिन्न बीमा कार्यक्रमहरु ल्याउने योजनामा रहेको छ । भविष्यमा कम्पनीले वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।


क्लिकमान्डु