सरकारी भुक्तानीका चेकको आयु १५ दिन मात्रै



काठमाडौं । सरकारी निकायले दिएको चेक १५ दिनभित्र राफसाफ गरिसक्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंक सरकारी कोषबाट भुक्तानीका लागि जारी गरिएको चेक भुक्तानीको अवधि घटाएर १५ दिन कायम गरेको हो ।

यसअघिसम्म यसप्रकार जारी गरिएको चेक राफसाप गर्ने अवधि ३० दिनको थियो ।

अर्थमन्त्रालयले सरकारी कोषबाट रकम भुक्तानीको लागि जारी गरिएको चेकको भुक्तानी १५ दिन कायम गर्ने निर्देशन दिएसँगै सोही अनुसारको सूचना जारी गरिएको राष्ट्र बैंक बैंकिङ विभागका कार्यकारी निर्देशक नरेश शाक्यले बताए ।

यदि १५ दिनभित्र चेक राफसाप नभएमा त्यस्तो चेक राफसाफको म्याद सकिने र पुनः नयाँ चेक सम्बन्धित सरकारी निकायबाट लिनु पर्ने उनको जानकारी दिए ।

तर माघ १९ गतेभन्दा अघि जारी गरिएका सरकारी भुक्तानीको चेक राफसापको अवधि भने ३० दिनको नै हुने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकले जारी गरेको चेकको राफसाफ अवधि भने ३० दिन नै कायम गरिएको छ । सर्वसाधारणले जारी गर्ने चेक भुक्तानीको साफसाफ अवधि भने ६ महिनाको रहेको छ ।


क्लिकमान्डु