सुरेन्द्र भण्डारीको अध्यक्षतामा ८ अर्ब पुँजी भएको ‘नेपाल सहकारी बैंक’ दर्ता प्रक्रिया शुरु



काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको तदर्थ संचालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारी र तदर्थ समितिका २५ सदस्यीय टोली र अन्य सहकारीकर्मीले सहकारी विभागमा फाइल पेश गरेको छ ।

फाइल बुझाउने कार्यक्रममा नेपाली कांग्रेसको सहकारी विभाग प्रमुख एवं पूर्वमन्त्री आनन्द ढुंगाना, सहकारी विकास बोर्डका सहअध्यक्ष पुष्प पौडेल सहितको सहभागिता रहेको थियो ।

प्रस्तावित बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले सम्पुर्ण कागजातसहित प्रक्रिया पुरागरी बैंक दर्ता गर्न ५ सय ६९ फाइल विभागका रजिष्ट्रार टोकराज पाण्डेलाई हस्तान्तरण गरे ।

फाइल बुझ्दै रजिष्ट्रार पाण्डेले सहकारी ऐन र नियमले तोकेबमोजिम प्रक्रिया अघि बढाउने जानकारी दिए ।

‘विधिबतरुपमा फाइल बुझेका छौं, अपुग भएमा फेरी कागजात मागेर प्रक्रिया थाल्नेछौं,’ उनले भने ।

बैंक दर्ताका लागि ५ सय १ फाइल आवश्यक पर्नेमा ५ सय ६ फाइल तयार गरी विभागमा पेश गरिएको थियो । दर्ताका लागि ९ सय ७५ फाइल तयार भएका थिए ।

बैंक स्थापना गर्न ३ अर्ब पुँजी आवश्यक पर्नेमा ८ अर्ब पुँजी तयार भएको प्रस्ताबित बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए ।

भण्डारीले बिधिवतरुपमा बैक दर्ता प्रकृया अघि बढेको जानकारी दिए ।

‘विभागले फाइल अध्ययन गरी प्रकृया शुरु गर्नेछ । बैंक दर्ताका लागि सहकारी महासंघले सहमति दिनुपर्नेछ, ऐनअनुसार बैकको स्वीकृति नेपाल राष्ट्र बैंकले दिनेछ,’ उनले भने ।

यही माघ १७ गते राजधानीमा सम्पन्न भएको प्रारम्भिक भेलाले सम्पुर्ण प्रकृया पुरा गरी दर्ता प्रकृया अघि बढाएको थियो ।

देशभरका करिब १ हजार सहकारी संस्था रहेको बैंक दर्तासँगै राष्ट्रिय सहकारी बैकको एकाधिकार तोडिने भएको छ ।

प्रस्ताबित बैकको सञ्चालक समितिमा झापाबाट दुर्गाप्रसाद सापकोटा, सर्लाहीबाट नागेन्द्र कुमार, पर्साबाट राजेन्द्रप्रसाद जयसवाल र विनोद कुमार दत्त, भक्तपुरबाट विदुर मान सिं बस्नेत, चितवनबाट दिनेश चुके, गोरखाबाट हरिमान अधिकारी, कास्कीबाट ध्रुवराज पौडेल, स्याङ्जाबाट केशव प्रसाद लम्साल, बाँकेबाट ललित पहाडी, सुर्खेतबाट पदम दाहाल, कैलालीबाट तुलसा देवकोटा र काभ्रेबाट गिता सिग्देल दाहाल सदस्यमा छन् ।

काठमाडौंबाट शम्भुप्रसाद घिमिरे, राममान सिंह महर्जन, पुष्पबहादुर पौडेल, सिताराम काफ्ले, राजाराम बुढाथोकी, डा. ज्ञानेन्द्रप्रसाद पौडेल र दिलिप पौडेल सदस्य छन् ।

यसैगरी ललितपुर जिल्लाबाट माधव दुलाल, सरदकुमार महर्जन, शशि खड्का र विनोद डंगोलले समितिमा प्रतिनिधित्व गरेका छन् ।


क्लिकमान्डु