रूरू जलविद्युत् परियोजनाले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने, मूल्य १२० रुपैयाँ



काठमाडौं । रूरू जलविद्युत् परियोजनाले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आइपीओ जारी गर्नका लागि अनुमति प्राप्त गरेको छ । धितोपत्र बोर्डले परियोजनाको आइपीओ जारी गर्नका लागि अनुमति दिएको हो ।

बोर्डका अनुसार परियोजनाले कुल चुक्तापुँजीको २० प्रतिशत बराबरको आइपीओ जारी गर्न लागेको हो । जसमध्ये १० प्रतिशत स्थानीयबासीलाई र बाँकी १० प्रतिशत सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।

परियोजनाले ८ करोड १५ लाख ४१ हजार १ सय रुपैयाँ बराबरको ८ लाख १५ हजार ४११ कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको कुल चुक्तापुँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ छ ।

अन्य कम्पनीको पनि आइपीओ
गत माघ २३ गतेदेखि २७ गतेसम्मका लागि ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले आइपीओ जारी गरिसकेको छ । कम्पनीले ३२ लाख ५१ हजार ६३२ कित्ता सेयर निष्कासन गरेको हो ।

त्यसैगरी माघ ३० गतेदेखि महिला लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्दैछ । कम्पनीले चुक्ता पुँजीको ४० प्रतिशत बराबरको ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ कम्पनी छ ।

त्यसैगरी आइपीओ निष्कासनका लागि अनुमति पाएको अर्को संस्था हो सिंगटी हाइड्रो इनर्जी । कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत बराबरको आइपीओ जारी गर्न लागेको हो । कम्पनीले ४३ लाख ५० हजार कित्ता सेयर स्थानीयबासी र सर्वसाधारणका लागि निष्कासन गर्न अनुमति पाएको हो ।


क्लिकमान्डु