सरकारले २ अर्बको नागारिक बचतपत्र निष्कासन गर्दै, ९ प्रतिशत ब्याज पाइने



काठमाडौं । नेपाल सरकारले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्कासन गर्ने भएको छ । नागरिक बचतपत्र २०८२ नाम दिइएको बचतपत्र ५ वर्षको हुनेछ ।

जसमा लगानीकर्ताले प्रत्येक ६ महिनामा ९ प्रतिशतका दरले हुन आउने ब्याज पाउनेछन् ।

नागरिक बचतपत्रमा घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाइ १० हजारले भाग गर्दा निःषेश भाग जाने अंकमा आवेदन दिन सकिनेछ ।

राष्ट्र बैंकका अनुसार माघ २७ गतेदेखि फागुन १८ गतेसम्म बिक्री खुला गरिनेछ । त्यसैगरी फागुन २५४ गते निष्कासन तथा २०८२ फागुन २५ गते साँवा भुक्तानी गरिनेछ ।


क्लिकमान्डु