मदिरा व्यापार चम्कियो, हिमालयन डिस्टिलरीको नाफा ५६.५४ % ले बढ्यो



काठमाडौं । हिमालयन डिस्टिलरीले ६ महिनामा ५६.५४ प्रतिशतले नाफा बढाएको छ ।

हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३९ करोड ७६ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष हिमालयन डिस्टिलरीको नाफा २५ करोड ४० लाख रहेको थियो ।

कम्पनीले ६ महिनामा १ अर्ब ४४ करोड रुपैयाँको आफ्नो उत्पादन बिक्री गरेको छ । अघिल्लो वर्षको ६ महिनामा १ अर्ब ८ करोडको आफ्नो उत्पादन बिक्री गरेको थियो ।

८६ करोड ७७ लाख चुक्ता पूँजी भएको हिमालयन डिस्टिलरी मदिरा उद्योगमा सेयर बजारमा सूचिकृत एकमात्र कम्पनी हो ।

कम्पनीको प्रति सेयर आम्दानी ९१ रुपैयाँ ६६ पैसा रहेको छ ।


क्लिकमान्डु