नेपाल टेलिकमले शुरु गर्यो ‘फोरजी वायरलेस होम ब्रोडब्याण्ड’ सेवा



काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच, तारवाल फोन नपुगेको र वाईफाई सेवा उपलब्ध नभएको स्थानमा फोरजी वायरलेस होम ब्रोडब्याण्ड सर्भिस सुरु गरेको छ ।

टेलिकमको १७औं वार्षिकोत्सवका अवसरमा कम्पनीले बिहीबारदेखि फोरजी वायरलेस होम ब्रोडब्याण्ड सर्भिस सुरु गरेको हो । टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्ने सुविधासहित फोरजी वायरलेस होम ब्रोडब्याण्ड सर्भिस सुरु गरिएको बताए ।

टेलिकमले होम ब्रोडब्याड सेवाबाट इन्टरनेट प्रयोग गर्न सकिनेछ । हाल यो सेवा प्रति महिना ९ सय रुपैयाँमा ६० जीबी, १५ सय रुपैयाँमा १२० जीबी रहेको छ ।

वार्षिक सेवा लिन चहाने ग्राहकले ९६०० रुपैयाँमा ७२० जीबी र १६००० रुपैयाँमा १४४० जीबी डाडा उपयोग गर्न पाउनेछन् ।


पुष्प दुलाल