इन्भेष्टमेण्ट बैंकले तोकिएको समयमा ऋणपत्र बिक्री नभएपछि समय थप्यो



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले ऋणपत्र बिक्रीको लागि समय थप गरेको छ । बैंकले माघ ८ गतेदेखि २० गतेसम्मको लागि ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको थियो ।

वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ७ वर्ष बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो । छोटो समयमा ऋणपत्र बिक्री नभएपछि बैंकले माघ ३० गतसम्मको लागि बिक्री आवेदन खुल्ला गरेको हो ।

निष्काशित कुल ४० लाख कित्ता ऋणपत्र मध्ये २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ । बाँकी १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ताबाट ८० हजार कित्ता सामुहिक लगानी कोष छुट्याएको बैंकले जनाएको छ । भने बाँकी १ अर्ब ५९ करोड रुपैयाँ बरारबरको ऋणपत्र सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।

१००० रुपैयाँ अंकित सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि २ लाख ५० हजार कित्तासम्मको आवेदन दिन सकिनेछ । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ रहेको छ । उक्त ऋणपत्र २०८४ सालमा परिपक्व हुनेछ ।


क्लिकमान्डु