अर्बपति एलन मस्क र जेफ बेजोसको लडाई अब अन्तरिक्षमा



एजेन्सी । संसारका धनीहरु मध्ये शीर्ष स्थानमा रहेका एलन मस्क र जेफ बेजोसका बीचमा व्यापारिक लडाई नयाँ मोडमा पुगेको छ ।

एकले अर्कोलाई तल पार्ने र कसरी हुन्छ, व्यवसाय विस्तार गर्ने उनीहरुको सोच र ध्येय यतिबेला पृथ्वीमा होइन अन्तरिक्षमा पुगेको छ ।

उनीहरु मध्ये एकले अर्कोलाई कसरुी पछाडि पार्ने, कसरी पछार्ने भन्ने ध्याउन्नमा मात्रै केन्द्रीत छ ।

संसारका सबैभन्दा धनी उनीहरुबीचको लडाई स्याटेलाइट इन्टरनेटमा पुगेको छ । यो खबर थाहा पाउने समेत रमाइलो मानिरहेका छन् ।

एक अर्कालाई खुइल्याउन उनीहरु सामाजिक सञ्जालसम्म पुगेका छन् । संसारका धनी यी दुई व्यक्तित्वका बीच विवादको मात्रा घट्दो क्रममा होइन, बढ्दो क्रममा छ ।

दुईबीचको पछिल्लो लडाई भने प्याटेलाइट लञ्च गर्ने विषयमा रहेको छ । दुई धनी व्यक्ति नै कसले बढी भन्दा बढी स्याटेलाइट लञ्च गर्ने भन्ने विषयमा केन्द्रीत छन् ।

सो स्याटेलाइटको सहयोगबाट संसारभर नै इन्टरनेटको सप्लाई गर्न चाहन्छन् । यसमा नै दुई धनीकाबीचको लडाई अब सामाजिक सञ्जालमा अन्तरिक्ष कब्जा गर्ने तर्फ केन्द्रीत देखिन्छ ।

मस्कले सामाजिक सञ्जालमा स्पेसएक्सका माध्यमबाट अमेजनको आलोचना गरेका छन् ।

उनले बेजोसको कम्पनीमाथि आरोप लगाएका छन् कि ‘ स्टारलिंकको रणनीति आफैमा गलत रहेको छ ।’ स्टारलिंक एक स्याटेलाइट कान्स्टलेशन अर्थात् तारामण्डल जस्तै हो । त्यसैले स्पेशएक्स अपरेट गर्छ ।

स्पेसएक्सका निर्देशक डेविड गोल्डम्यानले पछिल्लो साता अमेरिकाको फेडरल कम्युनिकेशन कमिशनले स्टारलिंक स्याटेलाइटलाई अन्तरिक्षमा सञ्चालन गर्ने अनुमति मागेको थियो ।

अमेजनको स्पेस कम्पनी ब्लू ओरेजनको योजना अनुसार उसको स्याटेलाइट पृथ्वीबाट ५९० किलोमिटर उचाईमा राखिने छ । जबकी, एलन मस्कको स्पेसएक्स ५४०देखि ५७० किलोमिटर उचाईमा राख्ने अनुमति प्राप्त भएको थियो ।

अमेजनको आरोप यो छ कि उक्त उचाईमा स्पेसएक्स स्याटेलाइटले उसको दोस्रो कुइपर प्रोजेक्टर तथा स्याटेलाइट सिग्नलमा नोक्सान पुर्याउँछ । अमेजनको स्याटेलाइट पनि अन्तरिक्षबाट इन्टरनेट सेवा दिनका लागि डिजाइन गरिएको हो ।

ब्लुमवर्गको विवरण अनुसार यो विवाद अब संसारको सामु आएको छ । दुई व्यापारीले अन्तरिक्षमा आफनो सपना पूरा गर्न चाहन्छन् ।

अमेजनले २६ जनवरीमा सामाजिक सञ्जालमा भनेका छन् कि यो स्पेसएक्सका प्रस्तावित बदलाव हो । जो स्याटेलाइट सिस्टमकाबीच प्रतियोगिता चलीरहेको छ ।

जानकारी अनुसार अमेजनले कम्युनिकेशन कमिसनबाट ३ हजार २३६ स्याटेलाइट लञ्च गर्ने अनुमति पाएको छ ।

जबकी , एलन मस्कले स्पेसएक्स कम्पनीले हालसम्म १ हजार लञ्च गरिसकेको छ । यी सबै उसको स्टारलिंक इन्टरनेट सिस्टमका लागि मात्रै हो ।

त्यसले अमेरिका, क्यानडा तथा बेलायतका प्रयोगकर्तालाई सेवा दिइ रहेको छ । मस्क २०६ बिलियन डलरका मालिक हुन । यस्तै जेफ बेजोस पनि १८९ बिलियन डलरको  मालिक हुन् ।


क्लिकमान्डु