इन्भेष्मेण्ट बैंकद्वारा साढे ८ प्रतिशत ब्याजदरमा ४ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन



काठमाडौं । नेपाल इन्भेष्मेण्ट बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र जारी गरेको छ । बैंकले ८.५ प्रतिशत वार्षिक ब्याजदर निर्धारण गरी ७ वर्षे ऋणपत्र माघ १६ गते निष्काशन गरेको हो ।

‘नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड २०८४’ नामक सो ऋणपत्र खरिद गर्ने इच्छुकले छिटोमा माघ २० गतेसम्म र ढिलोमा माघ ३० गतेसम्म आवेदन दिन सक्नेछन् । १००० रुपैयाँ अंकित सो ऋणपत्रमा २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने उल्लेख छ ।

बाँकी १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्रमध्ये ८० हजार कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी १ अर्ब ५९ करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ ।

ऋणपत्र खरिद गर्ने इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु