नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ३९ करोड, बीमितको बोनस एक बिन्दुले बढ्यो



काठमाडौं । नेशनल लाइफ इनस्योरेन्सले चुक्ता पूँजी ३ अर्ब ३९ करोड पुगेको छ । कम्पनीले ३२ औं साधारणभाले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा सूचकको जानकारी साधारणसभा गराएकी थिइन् ।

वित्तिय सूचकांकहरु सन्तोषजनक रहेको बताउनु हुंदै कूल बीमाशुल्क संकलन गत वर्षको तुलनामा २४.८६ प्रतिशतले बृद्धि भएर ८ अर्ब ५ करोड पुगेको छ । कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २५ प्रतिशतले बृद्धि भई २६ अर्ब पुगेको छ ।

कम्पनीले सूचना प्रविधिमा यथेष्ट लगानी गर्दै आएकोे र विविध आकर्षक बीमालेखहरु प्रचलनमा ल्याएको अध्यक्षले सभामा जानकारी दिइन् । साधारणसभाले १० प्रतिशत बोनस सेयरको प्रस्ताव समेत पारित गरेको छ ।


क्लिकमान्डु