नबिल बैंक र नेपाल महिला उद्यमी महासंघको बिच लघु, साना तथा मझौला उद्यमीहरुलाई सहयोग गर्न सहकार्य



काठमाडौं । नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ (फेवान) बीच सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम कर्जा प्रदान गर्ने सम्झौता गरेको छ ।

यस रणनीतिक साझेदारीमा कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तिय आवश्यकता पूरा गर्न मद्दत पुग्ने छ ।

यसका साथै ती उद्यमीहरुले फेवानबाट वित्तीय सल्लाह र विकास सहयोग पाउने छन् । यस साझेदार अन्तर्गत नबिल बैंकले वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको छ ।

सम्झौतापछि फेवानका रीता सिम्हाले भनिन्, “महिलाको पूर्ण सहभागिता बिना शान्ति, समृद्धि, प्रगति हुन सक्दैन । महिला उद्यमीलाई वित्तिय पहु“चका माध्यमबाट सहयोग गरेकोमा हामी नबिल बैंक प्रति कृतज्ञ छौं ।”


क्लिकमान्डु