नेपाल एसबीआई बैंकको नाफा ४८.५६ प्रतिशतले घट्यो



काठमाडौं । नेपाल एसबीआई बैंकको नाफा ४८.५६ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मका तथ्यांकलाई आधार मान्दा ४८ करोड ६० लाख रुपैयाँले नाफामा संकुचन आएको हो ।

बैंकले गत आवको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७८ लाख ५१ हजार रुपैयाँ नाफा कमाएकोमा चालु आवको सोही अवधिको तुलनामा बैंकले ५१ करोड ४८ लाख ५९ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ ।

बैंकको चुक्तापुँजी हाल ८ अर्ब ९५ करोढ २६ लाख छ भने रिजर्भमा ४ अर्ब ८३ करोड रुपैयाँ छ ।

बैंकको निक्षेप संकलन यस अवधिमा घटेको छ । गत वर्षको समीक्षा अवधिमा बैंकले १ खर्ब १० अर्ब ४४ करोड ५८ लाख ७२ हजार निक्षेप संकलन गरेकोमा चालु आवको सोही अवधिमा बैंकले १ खर्ब ३ अर्ब २४ करोड ६५ लाख निक्षेप संकलन गरेको छ ।

गत आवको समीक्षा अवधिमा बैंकले ८९ अर्ब ६१ करोड ५४ लाख कर्जा प्रवाह गरेकोमा चालु आवको सोही अवधिमा ८८ अर्ब ५२ करोड ५० लाख मात्रै कर्जा प्रवाह गरेको छ ।

बैंकको खराब कर्जा प्रतिशत घटेको । गत आवको सोही अवधिमा खराब कर्जा प्रवाह ०.१७ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा खराब कर्जा प्रवाह ०.१९ प्रतिशत छ । बैंकको पुँजीकोष अनुपात १४.६० प्रतिशत छ ।

त्यसैगरी निक्षेप र कर्जाबीचको अनुपात ७०.८९ प्रतिशत छ भने बेसरेट ७.४९ प्रतिशत छ ।


क्लिकमान्डु