सिभिल बैंकको नाफा ३५.८६ प्रतिशतले घट्यो



काठमाडौं । सिभिल बैंकको नाफा ३५.८६ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मका तथ्यांकलाई आधार मान्दा ११ करोड ३४ लाख रुपैयाँले नाफामा संकुचन आएको हो ।

बैंकले गत आवको दोस्रो त्रैमाससम्ममा ३१ करोड ६२ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आवको सोही अवधिको तुलनामा २० करोड २८ लाखरुपैयाँ मात्रै नाफा कमाएको छ ।
बैंकको चुक्तापुँजी हाल ८ अर्ब ३३ लाख छ भने रिजर्भममा १ अर्ब ४८ करोड रुपैयाँ छ ।

बैंकको निक्षेप संकलन भने बढेको छ । गत वर्षको समीक्षा अवधिमा बैंकले ५७ अर्ब ५१ करोड निक्षेप संकलन गरेकोमा चालु आवको सोही अवधिमा बैंकको निक्षेप संकलन ७६ अर्ब ८४ करोड रुपैयाँमा निक्षेप संकलन गरेको छ ।

गत आवको समीक्षा अवधिमा बैंकले ५२ अर्ब २० करोड कर्जा प्रवाह गरेकोमा चालु आवको सोही अवधिमा ६५ अर्ब ६३ करोड मात्रै कर्जा प्रवाह गरेको छ ।

बैंकको खराब कर्जा प्रतिशत घटेको । गत आवको सोही अवधिमा खराब कर्जा प्रवाह २.६९ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा खराब कर्जा प्रवाह १.७० प्रतिशत छ । बैंकको पुँजीकोष अनुपात १३.७३ प्रतिशत छ ।

त्यसैगरी निक्षेप र कर्जाबीचको अनुपात ७५.३२ प्रतिशत छ भने बेस रेट ८.४५ प्रतिशत छ ।


क्लिकमान्डु