स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ४०.७० प्रतिशतले घट्यो



काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ४०.७० प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मका तथ्यांकलाई आधार मान्दा ४९ करोड ९३ लाख रुपैयाँले नाफामा संकुचन आएको हो ।

बैंकले गत आवको दोस्रो त्रैमाससम्ममा १ अर्ब २२ करोड ६९ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आवको सोही अवधिको तुलनामा ७२ करोड ७६ लाख ३९ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ ।

बैंकको चुक्तापुँजी हाल ८ अर्ब ५७ करोड रुपैयाँ छ भने रिजर्भममा ५ अर्ब ७७ करोड रुपैयाँ छ ।

बैंकको निक्षेप संकलन पनि केही घटेको छ । गत वर्षको समीक्षा अवधिमा बैंकले ९५ अर्ब २ करोड निक्षेप संकलन गरेकोमा चालु आवको सोही अवधिमा बैंकको निक्षेप संकलन ८३ अर्ब ५० करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ ।

कर्जा प्रवाहतर्फ पनि झिनो गिरावट देखिएको छ । गत आवको समीक्षा अवधिमा बैंकले ५३ अर्ब ९२ करोड कर्जा प्रवाह गरेकोमा चालु आवको सोही अवधिमा ५३ अर्ब १२ करोड मात्रै कर्जा प्रवाह गरेको छ ।

बैंकको खराब कर्जा प्रतिशत पनि बढेको छ । गत आवको सोही अवधिमा खराब कर्जा प्रवाह ०.१७ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा खराब कर्जा प्रवाह १.५४ प्रतिशत छ । बैंकको पुँजीकोष अनुपात १९.३६ प्रतिशत छ ।

त्यसैगरी निक्षेप र कर्जाबीचको अनुपात ६२.७५ प्रतिशत छ भने बेस रेट ६.०७ प्रतिशत छ ।


क्लिकमान्डु