माछापुछ्रे बैंकको नाफा २.३२ प्रतिशतले घट्यो



काठमाडौं । माछापुछ्रे बैंकको नाफा २.३२ प्रतिशतले घटेको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको नाफा ८० करोड २७ लाख ७४ हजार रुपैयाँ छ । जबकी गत आवको सोही अवधिमा बैंकको नाफा ८२ करोड १८ लाख ५० हजार रुपैयाँ थियो ।

बैंकको चुक्तापुँजी ९ अर्ब ५ करोड ३० लाख ९४ हजार रुपैयाँ छ । बैंकको रिजर्भमा २ अर्ब ४६ करोड २१ लाख ४८ हजार रुपैयाँ छ ।

बैंकले चालु आवको समीक्षा अवधिमा निक्षेप संकलन बढाएर १ खर्ब १८ अर्ब २३ करोड ७० लाख ५७ हजार १०६ रुपैयाँ पुर्याएको छ जबकी गत वर्षको सोही अवधिमा निक्षेप संकलन १ खर्ब ४ अर्ब ९८ करोड ८९ लाख ६६ हजार रुपैयाँ गरेको थियो ।

त्यसैगरी बैंकले कर्जा प्रवाह पनि यस अवधिमा बढाएको छ । गत वर्षको समीक्षा अवधिमा ९२ अर्ब ५२ करोड ९२ लाख २६ हजार कर्जा प्रवाह गरेकोमा चालु आवको सोही अवधिमा बैंकले १ खर्ब ३ अर्ब ९्र२ करोड ८६ लाख ३८ हजार कर्जा प्रवाह गरेको छ ।

बैंकको खराब कर्जा बढेर ०.७५ प्रतिशत पुगेको छ । जबकी गत वर्ष खराब कर्जा अनुपता ०.४५ प्रतिशत थियो । बैंकको पुँजीकोष अनुपात ११.९६ प्रतिशत छ । बैंकको निक्षेप कर्जा अनुपात७८.५३ प्रतिशत छ ।


क्लिकमान्डु