एनसीसी बैंकको नाफा १८.८२ प्रतिशतले घट्यो



काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श बैंक (एनसीसीबी)को नाफा १८.८२ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणमा बैंकको नाफा १४ करोड २३ लाखलले घटेर ६१ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । बैंकले गत आवको सोही अवधिमा ७५ करोड ६३ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले निक्षेप संकलन भने बढाएको छ । गत वर्षको समीक्षा अवधिमा निक्षेप संकलन ७२ अर्ब ८१ करोड ५९ लाख निक्षेप संकलन गरेको बैंकले चालु आवको सोही अवधिमा ९७ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

कर्जा प्रवाहतर्फ बैंकले गत आवको समीक्षा अवधिको तुलनामा चालु आवमा केही बढाएको छ । गत आवको समीक्षा अवधिमा ७ अर्ब ५० करोड २६ लाख कर्जा प्रवाह गरेकोमा चालु आवको सोही अवधिमा बैंकले ११ अर्ब ३७ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरको छ ।

बैंकको चुक्तापुँजी ९ अर्ब ३५ करोड ३९ लाख १६ हजार ९४५ रुपैयाँ छ भने रिजर्भममा ३ अर्ब ६ करोड ९ लाख २९ हजार ८७२ रुपैयाँ छ ।

बैंकको खराब कर्जा गत आवको समीक्षा अवधिको तुलनामा केही घटेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा खराब कर्जा २.८२ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा खराब कर्जा २.४२ प्रतिशत छ ।

बैंकको पुँजीकोष अनुपात १२.७१ प्रतिशत छ । साथै निक्षेप र कर्जाको अनुपात ७१.९० प्रतिशत छ । बैंकको कस्ट अफ फन्ड ५.७९ प्रतिशत छ ।


क्लिकमान्डु