ग्लोवल आइएमई बैंकको नाफा ३७.३२ प्रतिशतले बढ्यो



काठमाडौं । ग्लोवल आइएमई बैंकको नाफा ३७.३२ प्रतिशतले बढेको छ । चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा ६२ करोड ९२ लाख रुपैयाँले बढेको हो ।

गत वर्षको समीक्षा अवधिमा बैंकको नाफा १ खर्ब ६८ करोढ ५९ लाख ८ हजार थियो भने चालु आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ३१ करोड ५१ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले निक्षेप संकलन पनि बढाएको छ । गत वर्षको समीक्षा अवधिमा २ खर्ब १२ अर्ब ३१ करोड ५३ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरेकोमा चालु आवको सोही अवधिमा बैंकले ३ खर्ब ३४ अर्ब ४१ करोड २३ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकले कर्जा प्रवाह पनि बढाएको छ । गत वर्ष बैंकले १ खर्ब ९० अर्ब ३३ करोड ६८ लाख ५३ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा चालु आवको दोस्रो त्रैमाससम्ममा बैंकले २ खर्ब ३ अर्ब ७८ करोड ९७ लाख ६७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चुक्तापुँजी २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ छ भने बैंकको रिजर्भमा ७ अर्ब ७० करोड ८ लाख २१ हजार रुपैयाँ छ ।

बैंकको पुँजीकोष अनुपात१२.६५ प्रतिशत कायम छ । त्यसैगरी खराब कर्जा अनुपात बढेर १.७२ प्रतिशत छ । गत वर्ष सोही अवधिमा खराब कर्जा १.२० प्रतिशत मात्रै थियो । बैंक निक्षेप र कर्जाको अनुपात ७३.६४ प्रतिशत छ ।


क्लिकमान्डु