हिमालयन बैंकको नाफा १ अर्ब बढीले घट्यो



काठमाडौं । हिमालयन बैंकको नाफा १ अर्ब ८ करोड ९१ लाख रुपैयाँ बढीले घटेको छ । बैंकले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा नाफामा ठूलो संकुचन देखिएको हो ।

बैंकले गत आवको सोही अवधिमा १ अर्ब ७४ करोड २४ लाख ६ हजार ४७६ रुपैयाँ नाफा कमाएकोमा चालु आवको सोही अवधिमा नाफा जम्मा ६५ करोड ३२ लाख ६७ हजार ९९५ रुपैयाँ कायम भएको छ ।

बैंकले यस अवधिमा निक्षेप संकलनमा केही वृद्धि गरेको छ । गत आवको समीक्षा अवधिमा बैंकले निक्षेप संकलन १ खर्ब २५ अर्ब २६ करोड ४३ लाख ८१ हजार ६०८ रुपैयाँ गरेको थियो भने चालु आवको सोही अवधिमा कुल १ खर्ब २९ अर्ब ९२ करोड १७ लाख ३३ हजार ९४४ रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको कर्जा प्रवाहमा गत वर्षको समीक्षा अवधिमा १ खर्ब १ अर्ब ७२ करोड ८४ लाख ६७ हजार १६४ रुपैयाँ कायम रहेकोमा चालु आवको सोही अवधिमा कर्जा प्रवाह १ खर्ब ९ अर्ब ७७ लाख ४ हजार ९३ रुपैयाँ पुगेको छ ।

बैंकको कुल चुक्तापुँजी १० अर्ब ६८ करोड ४४ लाख ८२८ रुपैयाँ पुगेको छ भने रिजर्भमा ५ अर्ब ९८ करोड ५६ लाख ३१ हजार २१२ रुपैयाँ छ ।

बैंकको पुँजीकोष अनुपात १३.८४ प्रतिशत छ भने खराब कर्जा गत वर्षको तुलनामा केही बढेको छ । गत वर्ष खराब कर्जा अनुपात १.२८ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा यो २.१३ प्रतिशत कायम भएको छ ।

बैंकमा निक्षेप र कर्जाको अनुपात ७१.१७ प्रतिशत कायम छ भने बैंकको आधार दर ६.८३ प्रतिशत र स्प्रेड रेट ३.७६ प्रतिशत छ ।


क्लिकमान्डु