एभरेष्ट बैंकको नाफा ५४ करोडले घट्यो



काठमाडौं । एभरेष्ट बैंकको नाफा ५४ करोड रुपैयाँले घटेको छ । बैंकले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा ५४ करोडभन्दा बढीले घटेको हो ।

गत आवको समीक्षा अवधिमा बैंकको नाफा १ अर्ब ५० करोड ९८ लाख २९ हजार रहेकोमा चालु आवको सोही अवधिमा बैंकको नाफा ९६ करोड १९ लाख ४ हजारमा सीमित भएको छ ।

यस अवधिमा बैंकमा निक्षेप संकलन १ खर्ब ५० अर्ब १८ करोड २६ लाख २२ हजार रुपैयाँ छ भने गत आवको सोही अवधिमा निक्षेप संकलन १ खर्ब ४३ अर्ब ५४ करोड ५४ लाख ७५ हजार थियो ।

कर्जा प्रवाह पनि केहीले बढेको छ । गत आवको समीक्षा अवधिमा १ खर्ब १२ अर्ब २१ करोड १७ लाख ३८ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा कर्जा प्रवाह बढेर १ खर्ब १३ अर्ब ४९ करोड १९ लाख ६४ हजार पुगेको छ ।

बैंकको चुक्तापुँजी ९ खर्ब ९३ अर्ब ३७ करोड १७ लाख पुगेको छ भने रिजर्भमा ८ अर्ब ४७ करोड ५२ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

बैंकको पुँजीकोष अनुपात १३.३९ प्रतिशत छ भने खराब कर्जा ०.१९ प्रतिशत छ । त्यसैगरी निक्षेप र कर्जाको अनुपात ७०.०५ प्रतिशत छ । बैंकको पुसमा आधार दर ६.३४ प्रतिशत छ ।


क्लिकमान्डु