नबिल बैंकको नाफा २ अर्ब १ करोड, सेयरधनीलाई बाँड्न मिल्ने नाफा १ अर्ब ८४ करोड



काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब १ करोड नाफा कमाएको छ । अघिल्लो वर्षको नाफा २ अर्ब ४ करोड थियो ।

चुक्ता पूँजी १३ अर्ब ४८ करोड रहेको नबिल बैंकको रिजर्बमा १३ अर्ब ५२ करोड रहेको छ । पुस मसान्तसम्मको नाफाबाट बैंकले सेयरधनीलाई १ अर्ब ८४ करोड रुपैयाँ बाड्न मिल्ने नाफा आर्जन गरेको छ ।

नबिल बैंकले पुस मसान्तसम्ममा २ खर्ब निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष पुस मसान्तमा १ खर्ब ९० अर्ब निक्षेप संकलन गरेको थियो ।

यस्तै कर्जा तर्फ नबिल बैंकले पुस मसान्तसम्ममा १ खर्ब ७० अर्ब रुपैयाँ दिएको छ । अघिल्लो वर्ष १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा दिएको थियो ।

१३.३१ प्रतिशत पूँजीकोष अनुपात रहेको नबिल बैंकको कर्जा निक्षेप अनुपात ७२.३९ प्रतिशत रहेको छ । बेसरेट ५.७६ प्रतिशत रहेको बैंकले ४.०७ प्रतिशत स्प्रेडमा काम गरेको छ ।


क्लिकमान्डु