विश्व बैंकले नेपालको सहरी विकासका लागि साढे १७ अर्ब खर्च गर्ने



काठमाडौं । विश्व बैंकले नेपालको सहरी विकासका लागि १७ अर्ब ४६ करोड रुपैयाँ खर्च गर्ने भएका छन् । यसका लागि बुधबार सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह र विश्व बैंकका अपरेसन म्यानेजर लाडा स्ट्रेलकोभाबीच सहमति भएको छ ।

४ वर्षे उक्त योजनाका लागि विश्व बैंकले दीगो सहरी विकासका लागि खर्च गर्नेछ । मुलुक संघीय संरचनामा गएको अवस्थामा सहरी विकास आवश्यक भएको भन्दै उक्त रकम खर्च गर्न लागिएको उल्लेख छ ।

पूर्वमा प्रदेश नम्बर १ र २ र पश्चिममा गण्डकी र लुम्बिनी प्रदेशका १७ वटा नगरपालिकामा यो कार्यक्रम लागू हुनेछ । त्यसका साथै १२ वटा अन्य नगरपालिकामा पनि यो कार्यक्रम लागू हुनेछ । यो कार्यक्रमबाट २० हजार कम्तीमा ५० दिन बराबरको तलब पाउनेछन् ।


क्लिकमान्डु