एनएमबि बैंकले बचत खातामा सबैभन्दा धेरै ब्याज दिने



काठमाडौं । हाल बैंकहरुमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेटने गरी एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेको छ ।

माघ महिना अघिदेखि नै बचतमा बढी ब्याज दिन शुरु गरेको एनएमबि बैंकले सर्वसाधारण ग्राहकलाई वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ब्याज बचतमा ५.१ प्रतिशतसम्म र मुद्दतिमा ८.१ प्रतिशतसम्म प्रदान गरिरहेकोे छ ।

‘हाल मुख्यतया बैंकहरु कर्जा सापटीमा केन्द्रित भएको देखिएता पनि ४ बर्षमा ३ पटक बैंक अफ दि इयर अवार्ड पाएको एनएमबिले भने स-साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भनेर अधिकतम ब्याजको योजना अघि सारेको हो’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


पुष्प दुलाल