सुधीर बस्नेतले संचय कोषको २३ करोड नतिरेपछि भेगाससिटीको १०.९ रोपनी जग्गा लिलाम हुने



काठमाडौं । बैंक तथा वित्तीय संस्था र सहकारी सदस्यको पैसा नतिरेका शुधीर बस्नेतको थप सम्पत्ति लिलाम हुने भएको छ ।

कर्मचारी संचय कोषले बस्नेतले कोहिनुर हिल हाउजिङ प्रालिको नाममा लिएको ऋण लामो समयदेखि नतिरेको भन्दै महालक्ष्मी नगरपालिका वडा न्मबर २ को १० रोपनी ९ आना जग्गा र त्यसमा बनेको अपार्टमेन्ट लिलाम गर्ने भएको छ ।

संचय कोषले बस्नेतलाई १ अर्ब ३८ करोड रुपैयाँको कर्जा स्वीकृत गरेको थियो । कर्जा स्वीकृत भएपछि कोहिनर हिलको नाममा संचय कोषले २३ करोड रुपैयाँ निकासा गरेपछि बस्नेत ऋण नतिरेपछि कर्जा सूचना केन्द्रको कालोसूचिमा परे । त्यसपछि कोषले बाँकी ऋण भने निकासा गरेन ।

बस्नेतले सो स्थानमा अपार्टमेन्ट बनाउनको लागि बुकिङकर्ताबाट ९० करोडजति उठाएका थिए । सो स्थानमा अपार्टमेन्ट निर्माण समेत अलपत्र परेको छ ।

बस्नेतले समयमा सो ऋणको ब्याज तथा किस्ता नतिरेको हुँदा कोषले जरिवाना सहित गर्दा ५० करोड उठाउन बाँकी छ ।

कोषले मंगलबार सूचना जारी गरेर बस्नेतले तोकिएको म्यादभित्र कर्जा चुक्ता नगरेको ऋण समझौतामा उल्लेख भएका शर्त तथा अवस्था उलंघन गरेको र निर्माण कार्य स्थागित गरेर अलपत्र गराएको पटक पटक ताकेता गर्दा सम्पर्कमा नआएको भन्दै धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने जनाएको हो ।

कोषले ३५ दिनभित्र सो सम्पत्ति खरिद गर्न चाहनेले बोलपत्र पठाउन सार्वजनिक सूचना जारी गरेको छ ।


क्लिकमान्डु