५ महिनामा ३ लाख बढीले लिए प्यान



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ३ लाख नेपालीहरु करको दायरामा थपिएका छन् । गत असार मसान्तदेखि मंसिर मसान्तसम्म स्थायी लेखा नम्बर लिनेको संख्या ३ लाख ३ हजार ८ सय ६७ ले बढेको हो ।

हालसम्म कुल ३६ लाख ४१ हजार ३५९ जनाले स्थायी लेखा नम्बर लिएको अर्थमन्त्रालयले जनाएको छ । जसमध्ये व्यवसायिक स्थायी लेखा नम्बर लिनेको संख्या १४लाख ५९ हजार २ र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या २१ लाख ७५ हजार ६६६ वटा छ ।

यद्यपि, कोभिड–१९ को प्रभावको व्यवसाय र आर्थिक गतिविधिहरु सहज नहुँदा करको दायरा विस्तारमा समेत प्रभाव परेको मन्त्रालयले उल्लेख गरेको छ ।

गत आवको मंसिर मसान्तमा थप भएमा कर दाताको तुलनामा चालु आवको मंसिर मसान्तसम्म थप भएका करदाताको संख्या ६५.४ प्रतिशतले घटेको मन्त्रालले उल्लेख गरेको छ । त्यस्तै मूल्य अभिवृद्धि करमा दर्ता हुने करदाताको संख्यामा ५०.४ प्रतिशत र अन्तशुल्कमा दर्ता हुने करदाताको संख्या ३५.४ प्रतिशतले घटेको छ ।

सो अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यवसायिक स्थायी लेखा नम्बर लिने १४ लाख ५९ हजार २ जना, व्यक्तिगत स्थायी लेखा नम्बर लिने स्थायी लेखा नम्बर संख्या २१ लाख ७५ हजार ६ सय ६६ जना र करकट्टी गर्ने निकायले ६ हजार ६ सय ९१ पुगेको छ ।

त्यसैगरी, चालु आवको मंसिर मसान्तसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख ७० हजार ५०२ र अन्तशुल्कमा दर्ता हुने १ लाख ४ हजार ७ सय ८४ जना करदाता पुगेका छन् ।


क्लिकमान्डु