बजाज, यामाहा र टीभीएसले मोटरसाइकल र स्कुटीको मूल्य बढाए, नयाँ मूल्य कति ?



काठमाडौं । मोटरसाइकल तथा स्कुटरको मूल्य बढेको छ । भारतीय बजारमा मूल्य बढेपछि नेपालमा पनि मूल्य बढाइएको हो । पछिल्लो एक सातामै नेपालमा सर्वाधिक बिक्री हुने बजाज, यामाहा र टीभीएसले मूल्य बढाएर नयाँ मूल्य सार्वजनिक गरेका छन् ।

नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालि हो । बजाज डोमिनार ४०० को मूल्य ७ हजार रुपैयाँले बढेर ५ लाख ६१ हजार ९ सय रुपैयाँ पुगेको छ ।

पल्सर १२५ को मूल्य ४ हजार रुपैयाँले बढाएर २ लाख ३३ हजार ९०० रुपैयाँ बनाएको छ । पल्सर १५० को मूल्य ३ हजार रुपैयाँले बढाएर २ लाख ६५ हजार ९०० रुपैयाँ पुुर्याइएको छ भने पल्सर एनएस १६० को मूल्य ४ हजार रुपैयाँले बढाएर २ लाख ९९ हजार ९०० रुपैयाँ बनाएको छ ।

बजाज पल्सर एनएस २०० एबीएस एफआईको ३ लाख ६७ हजार ९००, एबीएस भर्सनको ३ लाख ४७ हजार ९०० र पल्सर २२० एफ एबीएसको मूल्य ३ लाख ४४ हजार ९०० रुपैयाँ बनाइएको छ । यी तीनवटैको मूल्य ५ हजार रुपैयाँले बढाइएको हो ।

बजाज एभेन्जर २२० क्रुजरको मूल्य ३ लाख ५१ हजार ९०० र १६० स्ट्रीटको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ बनाइएको छ । यी दुबैमा ३ हजार मूल्य बढाइएको हो । डिस्कभरका सबै सिरिजमा ३ हजार रुपैयाँ मूल्य बढाइएको छ ।

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्वा मोटर्सले पनि मोटरसाइकल तथा स्कुटरको मूल्य बढाएको छ ।

आरटीआर २०० फोर भी एबीएस मोडलको ४ हजारले मूल्य बढेर ३ लाख ४५ हजार ९०० रुपैयाँ पुगेको छ भने आरटीआर १६० फोर भीको नयाँ मोडलको मूल्य ४ हजारले बढेर ३ लाख ९ हजार ९०० रुपैयाँ पुगेको छ ।

स्मार्ट कनेक्ट डबल डिस्क मोडलको मूल्य ४ हजारले बढेर २ लाख ९८ हजार ९०० रुपैयाँ र सिंगल डिस्कको ३ हजारले बढेर २ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै आरटीआर १६० टु भीको मूल्य २ हजारले बढेर २ लाख ६३ हजार ९०० र स्टाइकरको नयाँ मोडलको पनि २ हजारले बढेर २ लाख १ हजार ९०० रुपैयाँ पुगेको छ ।

नेपालका लागि यामाहा मोटसाइकलको आधिकारिक एमएडब्ल्यू इन्टरप्राइजेजले अधिकांश मोडलमा मूल्य बढाएको छ ।

एमटी १५ र आर १५ भी ३ को मूल्य८ हजार रुपैयाँले र एफजेडएस भी ३ को मूल्यमा ६ हजार रुपैयाँले बढेको छ ।

यामाहा रेजेडआर १२५ एफआई स्कुटरको स्ट्रीट र्यालीमा ७ हजार र रेजेडआर १२५ एफआइको मूल्यमा ५ हजार रुपैयाँले बढाइएको छ । फसिनो १२५, सलुटो, एसजेडआरआर, एफजेडएस भी २ , भी ३, एमटी १५ एफजेडएस २५ लगायतको मूल्य बढाइएको छ ।


पुष्प दुलाल